पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा
ब्लाइन्ड महिला टी-२० विश्वकप
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते ०५:५२
काठमाडौं । नेपालले पाकिस्तानलाई ७ विकेटको शानदार जित निकाल्दै प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
पाकिस्तानले दिएको १७१ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले केवल ३ विकेट गुमाएर सफलतापूर्वक पूरा गरेको हो ।
नेपालले अब उपाधिका लागि आयोजक भारतलाई सेमिफाइनलमा हराएको भारतसँग खेल्नेछ ।
फाइनल खेल आइतबार श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट ग्राउण्डमा हुनेछ ।
नेपाली टोली अब विश्वकपको उपाधि उचाल्नबाट एक कदम मात्र टाढा छ ।
Facebook Comments