ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०५:५०
Image of https://mayorsap.com/storage/photos/shares/bolsonaro-brazil-0p660zil5w.jpg

काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो शनिबार राजधानी ब्रासिलियास्थित आफ्नै निवासबाट प्रहरीद्वारा पक्राउ परेका छन् ।

उनीमाथि सन् २०२२ को चुनावमा पराजित भएपछि ’कु’ (सत्ता कब्जा) प्रयास गरेको आरोपमा अदालतले २७ वर्षको जेल सजाय सुनाएको थियो । अदालतको फैसला कार्यान्वयन गर्न उनलाई पक्राउ गरिएको हो ।

बोल्सोनारोका जेठा छोराले निवास क्षेत्रमा जागरण कार्यक्रम गरेपछि सर्वोच्च अदालतले प्रहरीको अनुरोधमा पक्राउ अनुमति दिएको थियो ।

यसअघि उनलाई सर्वोच्च अदालतले नजरबन्दमा राख्ने आदेश दिएको थियो । न्यायाधीश एलेक्जान्द्रे डी मोरेसले तोकेका सर्तको पालना नगरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको हो ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बोल्सोनारोमाथि मुद्दा चलाइए ब्राजिलमाथि ५० प्रतिशत भन्सार दर लगाउने चेतावनी दिएका थिए ।

बोल्सोनारोले पनि अमेरिकाका ट्रम्पले झैँ २०२२ को निर्वाचन परिणाम त्रुटिपूर्ण रहेको र धाँधली भएको दाबी गर्दै आएका थिए ।


Facebook Comments