क्याथोलिक स्कुलबाट ३०० भन्दा बढी विद्यार्थीको अपहरण

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०६:३५
Image of https://mayorsap.com/storage/photos/shares/school-1763811508.jpg

काठमाडौं । नाइजेरियाको उत्तर–मध्य नाइजर राज्यमा शुक्रबार हतियारधारी डकैती समूहले एक निजी क्याथोलिक विद्यालयबाट ३०० भन्दा बढी विद्यार्थी र शिक्षकहरूलाई अपहरण गरेका छन् ।

क्रिश्चियन एशोसिएसन अफ नाइजेरियाका अनुसार ३०३ विद्यार्थी १२ जना शिक्षक अपहरणमा परेका छन् । केही भाग्न खोज्ने विद्यार्थीहरूलाई अपहरणकारीले नियन्त्रणमा लिएका थिए ।

यो घटना संघीय राजधानी अबुजासँग जोडिएको नाइजर राज्यमा भएको हो । यसअघि छिमेकी राज्यहरूमा पनि चर्चमाथि आक्रमण र छात्रा अपहरणका घटनाहरू भएका थिए ।

नाइजर राज्य सरकारले घटनाको निन्दा गरेको छ । स्थानीय प्रहरीले अपहरित विद्यार्थीहरूको उद्धारका लागि जंगल क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी खोजीकार्य जारी रहेको जानकारी दिएको छ ।

फिरौतीका लागि हुने अपहरण, जातीय द्वन्द्व र चरमपन्थी समूहहरूको क्रियाकलापका कारण नाइजेरियामा पछिल्ला वर्षहरूमा व्यापक असुरक्षा बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियालाई धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन भएको देश घोषणा गरेका छन् ।


Facebook Comments