बागमती नदी तर्ने क्रममा मकवानपुरमा बोलेरो दुर्घटना
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते ०६:३५
मकवानपुर । ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी–खुर्सानीबारी भित्री सडक खण्डमा बागमती नदी तर्ने क्रममा एक बोलेरो गाडी दुर्घटनामा परेको छ ।
हिजो साँझ ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो गाडी बागमती नदीको पानीमा डुबेको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, नदीमा जमेको ’फिँज’ (बरफ) बीचबाट पार गर्ने क्रममा गाडीको पछाडिको चक्का ढुङ्गामा अड्किएर चिप्लिएपछि गाडी नदीमा भासिएको थियो ।
दुर्घटना गम्भीर भए पनि मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ । स्थानीयको सहयोगमा डुबेको बोलेरोलाई नदीबाट निकालेर सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले प्रारम्भिक अनुसन्धानबाट गाडी चिप्लिएर नदीमा पल्टिएको देखिएको र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताए ।
Facebook Comments