काठमान्डुले विराटनगरलाई दियो १३५ रनको लक्ष्य दियो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०५:५२
Image of https://mayorsap.com/storage/photos/shares/ktm-biratnagar.png

काठमाडौं । कीर्तिपुरस्थित टीयू मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा विराटनगर किङ्सको कसिलो बलिङसामु काठमान्डु गोर्खाज २० ओभरमा ६ विकेट गुमाएर १३४ रनमा रोकिएको छ ।

कमजोर सुरुवातपछि मध्यक्रममा आएका आदिल आलमले अविजित ४८ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याए ।

ओपनर बेन चाल्र्सवर्थले ३२ रन र सन्तोष यादवले २६ रनको योगदान दिए । सन्तोष र आदिलले छैटौं विकेटका लागि ४६ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

विराटनगरका बलर मर्चेन्ट डे लाङले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिँदै काठमान्डुको सुरुवात ध्वस्त पारेका थिए । कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले पनि १–१ विकेट लिए ।

काठमान्डुले १३ रनमै ३ विकेट गुमाएर कमजोर सुरुवात गरेपछि आदिलको प्रयासमा १३५ रनको लक्ष्य दिन सफल भयो ।


Facebook Comments