बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ७ गते १०:०३
Image of https://mayorsap.com/storage/photos/shares/photo_1.png

काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे एकता घोषणा सभा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो । कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकता सहमतिमा हस्ताक्षर भएको थियो । 


Facebook Comments