काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा झर्‍यो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ७ गते १०:०२
Image of https://mayorsap.com/storage/photos/shares/photo_1.JPG

काठमाडौं । काठमाडौं उपत्यकामा लगातार चिसो बढिरहेको छ। काठमाडौंमा आज बिहान पौने ६ बजे गरेको मापन अनुसार न्यूनतम् तापक्रम ७.८ डिग्री सेल्सियस रहेको छ । हिजो न्यूनतम् तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।


Facebook Comments