प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च पुग्यो एमाले

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ९ गते १९:१२
Image of https://mayorsap.com/storage/photos/shares/sarbocha-1-1.jpg

काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेश गरेको छ । 

नेकपा एमाले विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार रिट निवेदन पेस गरेका हुन् ।

रिट दर्ता हुन भने बाँकी छ। रिट निवेदन पेश गरेपछि बर्तौलाले भने, ‘असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग सहितको रिट निवेदन नेकपा एमाले संसदीय दलको तर्फबाट आज मंगलबार सम्मानित सर्वोच्च अदालतमा पेस भएको छ ।’

गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको थियो । एमालेले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै विरोध गर्दै आएको छ ।


Facebook Comments