प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता
मेयरसाप डेस्क
|
२०८२ मंसिर ९ गते १७:४६
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । मंगलबार निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले दल दर्ता गराएका हुन् ।
दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरेको बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबारसम्म तोकिएको छ ।
सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए । एमाले ६६ नम्बरमा दर्ता भएको हो ।
Facebook Comments