सुर्खेतमा पनि महेश बस्नेतको विरोधः हलभित्र कार्यक्रम, बाहिर नाराबाजी
मेयरसाप डेस्क
|
२०८२ मंसिर ९ गते ००:१६
सुर्खेत । नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा युवाहरुले नाराबाजी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको युवा जागरण अभियान प्रारम्भ गर्न सुर्खेत आएका बस्नेतविरुद्व जेनजी युवाहरुले नाराबाजीसहित कार्यक्रममा अवरोध गर्न खोजेपछि सुर्खेतमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्ला समन्वय समिति सुर्खेतको हलमा युवा संघको कार्यक्रम भइरहँदा बाहिर जेनजीहरुको नाराबाजी कायमै छ । एमाले नेता बस्नेतविरुद्ध लेखिएका प्लेकार्ड बोकेका युवाहरुले कार्यक्रमस्थल बाहिर प्रदर्शन गरिरहेका छन् । सम्भावित मुडभेडको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा तैनाथि बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।
यसअघि बारा जिल्लाको सिमरामा बस्नेतविरुद्ध नाराबाजी र तोडफोड हुँदा सिमराको अवस्था तनावग्रस्त नै बनेको थियो । विराटनगरमा समेत बस्नेत सवार गाडीमा रातो रङ छ्यापिएको थियो ।
Facebook Comments