ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृ*त्यु, बुबा घाइते

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ९ गते १६:११
Image of https://mayorsap.com/storage/photos/shares/1747027735.jpg

चितवन । ग्यास बुलेटको ठक्करबाट चितवनमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको हो । 

भरतपुर महानगरपालिका–१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको थियाे । ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।  

ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने बुलेटका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। 


Facebook Comments