दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ९ गते ००:१५
Image of https://mayorsap.com/storage/photos/shares/pardesh-nirbachan-karyalaye-dang.gif

दाङ । दाङमा १४ हजार बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको कार्यक्रम अवधिमा कार्यालयमा उपस्थित र अनलाइनमार्फत उक्त सङ्ख्यामा नामावली दर्ता भएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। 

उनका अनुसार पुरुष दुई हजार ११७ र महिला दुई हजार ३३५ गरी पाँच हजार २८२ जनाले कार्यालयमा उपस्थित भई फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रका आधारमा नौ हजार ७१७ ले अनलाइनमार्फत नामावली दर्ता गराएको छन् । यी दुवै गरी पनि १४ हजार २९९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । 

दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिका क्षेत्रमा मतदाता थपिएका कार्यालयले जनाएको छ ।

यसअघि गत कात्तिक महिनासम्मको विवरणमा जिल्लामा चार लाख १६ हजार ८६८ जना मतदाता रहेको थिए ।


Facebook Comments