निर्वाचन आयोगले दल दर्ता गर्न दिएको समय आज सकिँदै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १० गते १९:५६
Image of https://mayorsap.com/storage/photos/shares/election-commision.jpg

काठमाडौं ।  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्न दिएको समय आज सकिँदै छ । आयोगले दल दर्ता गर्नका लागि १० दिन (मंसिर १–१० गतेसम्म)को समय दिएको थियो । 

हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत ८० वटा दलले निर्वाचनका लागि दल दर्ता गरेका छन् । दर्ता भएका दलहरूको मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत भएका दलहरूको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

निर्वाचन आयोगमा पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन् । यसमध्ये निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलले मात्रै आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने छन् । 


Facebook Comments