धनगढी उपमहानगरमा कर्मचारी अभाव, क्याम्पसहरूसँग माग्यो स्वयंसेवक विद्यार्थी

लोक सेवाले विज्ञापन नखोलेकाे हमालको निष्कर्ष

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १० गते १७:२१
Image of https://mayorsap.com/storage/photos/shares/dhangadhi-upamahanagar.png

काठमाडौं । कर्मचारी अभावको समस्या झेलिरहेको धनगढी उपमहानगरपालिकाले दैनिक कामकाज सञ्चालन गर्न स्थानीय क्याम्पसहरूसँग स्वयंसेवक विद्यार्थी (इन्टर्न) माग गरेको छ ।

पछिल्लो समय धनगढी उपमहानगरमा संघीय सरकारले स्वीकृत गरेका २५९ स्थायी दरबन्दीमध्ये १०४ पद रिक्त छन् ।

प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐन मा कर्मचारी भर्ना गर्न रोक लगाएको र नियमावली नल्याएका कारण ज्यालादारीमा समेत कर्मचारी राख्न नमिल्ने अवस्था आएको छ ।

नगर प्रमुख गोपाल हमालले रिक्त दरबन्दीमा प्रदेश लोक सेवा आयोगले विज्ञापन खोल्न नसकेको र कर्मचारी अभावले दैनिक कामकाज गर्न समस्या भएपछि क्याम्पसका स्नातक तहका विद्यार्थीलाई स्वयंसेवकका रूपमा काममा लगाउने निष्कर्षमा पुगेको बताए ।

नगर प्रमुख हमालले कर्मचारी समस्या धनगढीमा मात्र नभई प्रदेशका अन्य पालिकामा पनि रहेको र २०८४ पछि पालिकामा कर्मचारी भेट्न मुस्किल हुने भन्दै चिन्ता व्यक्त गरे ।

उपमहानगरले कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल क्याम्पस र नास्ट कलेजसँग स्वयंसेवक माग गरेको छ ।


Facebook Comments