ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते २०:२४
एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई सर्वोच्च अदालतले २७ वर्षको जेल सजाय सुनाएको छ । यो फैसला थप अपिल नहुने गरी अन्तिम भएको छ ।
७० वर्षीय बोल्सोनारो सन् २०२२ को चुनावमा पराजित भएपछि सत्ता कब्जा गर्ने षड्यन्त्र र वर्तमान राष्ट्रपति लुला तथा उपराष्ट्रपति जेराल्डो अल्कमिनको हत्या योजना बनाएको अभियोगमा दोषी ठहर भएका हुन् ।
उनी हाल ब्रासिलियास्थित फेडरल प्रहरीको जेलमा छन् र उनलाई पूर्णकालीन स्वास्थ्य हेरचाह उपलब्ध गराइनेछ । सजायपछि बोल्सोनारो अब २०६० सालसम्म कुनै पनि चुनाव लड्न पाउने छैनन् ।
उनले यो मुद्दा आफूलाई २०२६ को चुनावबाट रोक्नका लागि गरिएको राजनीतिक प्रतिशोध भएको बताउँदै आएका छन् ।
Facebook Comments