महेश बस्नेतविरुद्ध प्रदर्शन गर्ने जेन–जीमाथि एमालेको आ*क्रमण
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते १७:३०
काठमाडौं । धनगढीमा नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका जेन–जी युवाहरूमाथि एमालेनिकट युवा संघका कार्यकर्ताहरूले आक्रमण गरेका छन् ।
बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलतर्फ लैजाने क्रममा जेन–जीका युवाहरू जेन–जी मार्ग (पहिलेको नाम) नजिक प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनस्थल नजिकै मोटरसाइकल र्याली रोकेर आएका युवा संघका कार्यकर्ताहरूले प्रदर्शनकारीमाथि सिधै आक्रमण गरेका थिए ।
सो आक्रमणबाट जेन–जी अगुवा सरिता जोशीलगायत केही प्रदर्शनकारीहरू सामान्य घाइते भएका छन् ।
यस घटनाले राजनीतिक दलका नेताविरुद्ध देशभर भइरहेका जेन–जी आन्दोलनलाई शक्ति प्रयोग गरेर दमन गर्न खोजिएको भन्दै आलोचना बढेको छ ।
Facebook Comments