भारतकाे संविधान अब नेपाली भाषामै पढ्न पाइने

नेपालीसहित ९ भाषामा अनुवादित

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १० गते १७:२१
Image of https://mayorsap.com/storage/photos/shares/sambidhan-india.jpg

काठमाडौं । भारतले आफ्नो ७६औँ संविधान दिवस मनाउने क्रममा नेपाली भाषामा समेत संविधानको अनुवादित प्रति जारी गरेको छ ।

संविधान दिवसका अवसरमा आयोजित विशेष समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले नेपालीसहित विभिन्न ९ वटा भाषामा भारतीय संविधानको अनुवादित प्रति सार्वजनिक गरेकी हुन् ।

राष्ट्रपति मुर्मूले सम्बोधनका क्रममा नेपाली बाहेक मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलुगु, ओडिया र असमिया भाषामा पनि संविधानको अनुवादित प्रति जारी भएको जानकारी दिइन् ।

भारतले यस कदममार्फत नेपाली भाषालाई भारतको संविधानमा समावेश अन्य भाषासरह महत्त्व दिएको छ ।


Facebook Comments