नेपालमा केही भएको छैन भन्नु गलत हाे : स्वर्णिम वाग्ले
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते ००:५०
काठमाडौं । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् ।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४८ सालपछिको आर्थिक सुधारका कारण नेपालले ७ प्रतिशतको औसत आर्थिक वृद्धिदर हासिल गरेको स्मरण गराए ।
उनले यदि त्यो सुधार निरन्तरता पाएको भए हाल नेपालको अर्थतन्त्र १०० अर्ब डलरको हुनेमा अहिले केवल ४५ अर्ब डलर बराबर मात्र रहेको बताए ।
वाग्लेका अनुसार पछिल्लो डेढ दशकदेखि नेपाल राजनीतिक–आर्थिक उथलपुथलको चक्रमा फसेको छ, जसको प्रतिबिम्ब भदौ २३–२४ का घटना र जेनजी आन्दोलनले देखाएको छ ।
यो सङ्क्रमणलाई सफल व्यवस्थापन गर्न सकेमा देशले नयाँ आर्थिक–राजनीतिक मार्ग प्राप्त गर्न सक्ने आशा पलाएको उनले बताए ।
उनले यो चुनौतीपूर्ण अवस्थाबाट देशलाई बाहिर निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र र नयाँ दलहरूले वहन गर्नुपर्नेमा जोड दिएका छन् ।
Facebook Comments