विराटनगर किंग्सलाई चितवनले दियाे १७५ रनको लक्ष्य

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १० गते १८:५५
Image of https://mayorsap.com/storage/photos/shares/biratnagarchitawan.jpg

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा रवी बोपाराको शानदार अर्धशतकको मद्दतले चितवन राइनोजले विराटनगर किंग्सलाई जितका लागि १७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन जोड्यो । अब विराटनगर किंग्सले जितका लागि १७५ रनको लक्ष्य पछ्याउनेछ ।

चितवनका लागि रवी बोपाराले सर्वाधिक ६५ रन बनाए । यो जारी सिजनमा उनको लगातार तेस्रो अर्धशतक हो, जससँगै उनी एनपीएलमा सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटरसमेत बनेका छन् र सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् ।

देव खनालले २८ रन र साइफ जइबले ३२ रन जोड्दा कप्तान कुशल मल्ल २० रनमा अविजित रहे । विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र तीव्र गतिका बलर मास्र्याङ डि लाङ ले समान २–२ विकेट लिए ।


Facebook Comments