एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १७ गते १८:३७
Image of https://mayorsap.com/storage/photos/shares/npl6-1_1.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न ४ः०० बजेदेखि सुरु हुनेछ । 

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ । 


Facebook Comments