पत्रकार दयाराम पण्डित सम्मानित
No Author Assigned | २०८२ मंसिर १८ गते ०९:२१बाजुरा । बाजुरेली पत्रकारीताका जन्मदाता पण्डित पत्रकार दयाराम पण्डित बडीमालिका नगरपालिकाको स्थापना दिवसका अवसरमा सम्मानित भएका छन्।
मंगलबार ११ औँ स्थापना दिवसको अवसरमा नगरपालिकाले उनको पत्रकारीता क्षेत्रको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो । पण्डितलाई बाजुरेली पत्रकारीताका जन्मदाता समेत भनेर चिनिन्छ। उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका छन्।
सम्रग पालिकाको विकासमा पत्रकारिता क्षेत्रबाट अहम भुमिका निर्वाहका साथै उच्च योगदान गरेको प्रति उच्च मुल्यांकन गर्दै नगरपालिकाले सम्मान गरेको नगर प्रवक्ता तथा बडीमालिका ७ का अध्यक्ष धर्मराज उपाध्याले बताए ।
पण्डित पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील एवं पत्रकार महासंघ बाजुरा, बझाङ शाखाका संस्थापक सभापति हुनुका साथै प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य समेत हुन्।
Facebook Comments