बडीमालिका नगरपालिकाको स्थापना दिवस भव्य रुपमा सम्पन्न, विभिन्न क्षेत्रका २२ जना सम्मानित
गोविन्द तिमिल्सेना
|
२०८२ मंसिर १७ गते १७:३०
बाजुरा । बडीमालिका नगरपालिकाको स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ। बाजुराको संस्कृतिलाई प्रमुख प्राथमिकतामा राखेर स्थापना दिवसका अवसरमा सामाजिक परम्परा र संस्कृति झल्किने जस्ता कार्यक्रम गरी दिवस मनाइएको नगर प्रवक्ता तथा बडीमालिका ७ का अध्यक्ष धर्मराज उपाध्यायले जानकारी दिए ।
नगर स्थापना दिवसमा नगरभित्रका ९ वटै वडाका स्थानीय कला, संस्कृति, भेषभूषा, परम्परागत नृत्य आदिको झल्को दिने प्रस्तुतिहरुलाई प्रस्तुत गरिएको थियो । दिवसमा हरिनो नाच, देउडा, विशुपर्वको गाथा, विवाह मागल भाका, भोटेसेलो, भुवा–चाली गौरा–अनन्ते गाथा लगायत परम्परागत कलासँस्कृति प्रदर्शनी गरिएको थियो।
स्थापना दिवसको अघिल्लो दिन कर्मचारीबीच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै दोस्रो दिन सांस्कृतिक प्रस्तुतिसहित देउडा खेल, पुरस्कार र सम्मान कार्यक्रम गरिएको थियो ।
११ औं स्थापना दिवसको अवसरमा २२ जना सम्मानित
दिवसका अवसरमा विभिन्न पेशा, सेवा र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका २२ जना व्यक्तिहरूलाई नगरपालिकाले सम्मान गरेको छ ।
नगर कार्यपालिका बैठकले यस वर्षको नगर दिवस कार्यक्रमलाई विशेष बनाउँदै विविध क्षेत्रमा उत्कृष्ट कार्य गरेका व्यक्तिहरूलाई सम्मानित गरिएको नगर प्रवक्ता धर्मराज उपाध्यायले बताए ।
उनका अनुसार,नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, संस्कृतिको संरक्षण, प्रशासनिक सेवा, व्यवसाय, खेलकुद तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका व्यक्तिहरूलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा पत्रकार महासंघ बझाङ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डीत, डाक्टर हिमाल कार्की , इन्जिनियर जंग थापा,करे रावल, शिक्षक धनबहादुर रावल सम्मानित भएका हुन्। त्यस्तै कला क्षेत्र तर्फ महेन्द्र दानी, सुना विक, बिस्ना विष्ट, रामबहादुर थापा, रामचन्द्र उपाध्याय, विनोद सिंह,अगं ल्वार, पुने दानी, वडा सचिव अमर भण्डारी सम्मानित भएका छन्।
त्यस्तै नगरपालिकाका कर्मचारी सुषला रावल, तिलक न्यौपाने, सुशीला बुढ्थापा, भक्त बि.क. धन बहादुर रावल, जय बहादुर रावल, गणेश विष्ट, हिन्दुर बि.क. चक्र रोकाया लगायतका विभिन्न क्षेत्रमा योगदान गरेका नगरपालिकाले सम्मान गरेको हो।
Facebook Comments