कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्दै
मेयरसाप डेस्क
|
२०८२ मंसिर १७ गते १७:२२
काठमाडौं । नेपाली कांग्रेसले ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सोमबारको केन्द्रीय समिति बैठकले पुस २६–२८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएको हो ।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू चौधरी, सीता गुरुङ, प्रकाश रसाइली छन्। केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ।
अधिकांश शीर्ष नेताको जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान हुन सकेको छैन। यसपटक विवाद रहेको विषयलाई फास्ट ट्र्याकबाट टुंग्याउने र टुंगिने अवस्था नभएका क्षेत्रलाई थाती राखेरै महाधिवेशन गर्ने तयारी छ।
Facebook Comments