हिमाली गाउँपालिकालाई ‘भेडा हब’का रूपमा विकास गरिने
मुख्यमन्त्री शाहको घोषणा
मेयरसाप डेस्क
|
२०८२ मंसिर १७ गते १६:३४
बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुराको हिमाली गाउँपालिकालाई ‘भेडा हब’का रूपमा विकास गर्ने घोषणा गरेका छन् ।
मुख्यमन्त्री शाहले यस क्षेत्रमा भेडा पालनको उच्च सम्भावना रहेको भन्दै त्यसका लागि आवश्यक प्राविधिक र संरचनागत तयारी अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
हिमाली क्षेत्रमा पाइने औषधीय जडीबुटीलाई सङ्कलन, प्रशोधन र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन प्रदेश सरकारले पहल गर्ने पनि भएको छ ।
शिक्षा, स्वास्थ्य र खानेपानीमा देखिएका चुनौतीहरू समाधान गरिने बताउँदै उनले दुर्गम बस्तीहरूमा लिफ्टिङ् प्रविधिमार्फत सुरक्षित पानी पुर्याउने तयारीमा सरकार रहेको जानकारी दिए ।
मुख्यमन्त्रीको यो घोषणाप्रति स्थानीयहरूले सकारात्मक प्रतिक्रिया दिँदै विकासको प्रत्यक्ष प्रभाव देखिने अपेक्षा गरेका छन् ।
Facebook Comments