चिचिला गाउँपालिकाद्वारा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण

शैक्षिक उत्प्रेरणा जगाउने उद्देश्य

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १७ गते १६:२६
Image of https://mayorsap.com/storage/photos/shares/untitled-designpdf_8.jpg

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिकाले शैक्षिक उत्प्रेरणा जगाउने उद्देश्यका साथ गाउँपालिकाभित्रका अनाथ तथा सहाराविहीन बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

यस वर्ष गाउँपालिकाले १८० जना अनाथ विद्यार्थीहरूलाई कापी, कलम लगायतका सामग्रीहरू वितरण गरेको शिक्षा अधिकृत बासु कोइरालाले जानकारी दिए । आमा वा बुवा नभई अरूको सहारामा बसेर पढ्दै गरेका विद्यार्थीहरूलाई यो सहयोग उपलब्ध गराइएको हो ।

सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङका अनुसार, बालबालिकाहरूलाई थोरै भए पनि राहत दिन र ‘पढ्नु पर्छ’ भन्ने भावनाको विकासका लागि गाउँ सभाबाटै यो कार्यक्रम राखिएको हो ।

गाउँपालिकाले गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरूलाई पोसाक र झोलासहितका सामग्री वितरण गर्नुका साथै टाढाबाट विद्यालय आउने विद्यार्थीहरूलाई निःशुल्क आवासका लागि रकम उपलब्ध गराउने कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले बताए ।


Facebook Comments