टोखा नगरपालिकामा विकास निर्माणले गति लिँदै

सडक स्तरोन्नतिदेखि डिजिटल बोर्डसम्म

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १७ गते १६:०२
Image of https://mayorsap.com/storage/photos/shares/thoka-nagar.jpg

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवस आयोजना गरी यसबीचमा भएका विकास निर्माण र सामाजिक काम उत्साहजनक रहेको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो पहिलोदेखि दोस्रो कार्यकालसम्ममा विकास निर्माण, स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा थालिएका पहलले सकारात्मक परिणाम हासिल गरेको बताए ।

पहिलोपटक २०७४ सालमा आफू निर्वाचित हुनुअघि टोखाका हरेक सडक हिलाम्मे हुने गरेको उल्लेख गर्दै उनले हाल वडा नम्बर १ देखि ११ सम्म सडक स्तरोन्नति गरिएको बताए ।

नगरप्रमुख अधिकारीले नगरपालिकाले सामुदायिक विद्यालयको अवस्था सुधार गरी विद्यार्थी र अभिभावकको आकर्षण बढाइएको बताए । कक्षा १० सम्मका विद्यार्थीका लागि नै दिवा खाजा खुवाउने गरिएको उनले बताए । प्रमुख अधिकारीका अनुसार स्वमूल्यायाङ्कनमा काठमाडौं जिल्लाका पालिकामध्ये टोखा दोस्रो स्थानमा पर्न सफल भएको छ ।

सडक बत्तीको समस्या समाधान गर्दै अब घरघरमा डिजिटल बोर्ड जडान गरिने उनी बताउँछन् । पालिकाले ५० वर्ष उमेरमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गराउने र जटिल रोगीलाई सहयागे गर्ने गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले विगतको तुलनामा धेरै सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै समुन्नत टोखा नगरको अवधारणाअनुसार काम भइरहेको जानकारी दिए ।


Facebook Comments