काठमाडौंका पूर्व प्रजिअ रिजालसँग आयोगले लियो बयान
करिब १५० जनासँग सोधपुछ
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १४:२८
काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिएको छ ।
बानेश्वरमा १९ जनाको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भन्दै रिजालको तीव्र आलोचना भइरहेको थियो । मङ्सिर १७ र १८ गते सिंहदरबारस्थित आयोगको कार्यालयमा उनीसँग बयान लिइएको हो ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरीको कार्य विभाग प्रमुख नारायणदत्त पौडेल, प्रहरीका एआईजी सिद्धिविक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा र पूर्वमुख्यसचिव एकनारायण अर्याल लगायतका उच्च अधिकारीहरूसँग सोधपुछ गरिसकेको छ ।
आयोगका अनुसार, प्रदर्शन र घटनाबारे हालसम्म करिब १५० जना सँग सोधपुछ र बयान लिइसकिएको छ ।
Facebook Comments