साकेलामा फ्री–वाईफाई सेवा विस्तार, सीसी क्यामेराबाट निगरानी
पर्यटन प्रवर्द्धनमा लाभ पुग्ने अपेक्षा
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १४:१९
खोटाङ । साकेला गाउँपालिकाले डिजिटल प्रविधिको पहुँच विस्तार र ‘स्मार्ट पालिका’को अवधारणालाई मूर्त रूप दिन सार्वजनिक स्थलहरूमा फ्री–वाईफाई सेवा विस्तार गरेको छ ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार, वडा नम्बर–५ (मात्तिमस्थित प्रवेशद्वार, साप्सुखोला, मानेभन्ज्याङ) मा एक हजार एमवीपीएस क्षमताको फ्री–वाईफाई जडान गरिएको छ ।
फ्री–वाईफाई सेवाको उपलब्धतासँगै उक्त स्थानहरूमा सीसी क्यामेरा समेत जडान गरिएको छ । गाउँपालिका केन्द्रमा बसेर यी ठाउँहरूको गतिविधिको नियमित निगरानी गरिने अध्यक्ष राईले बताए ।
निःशुल्क वाईफाई सेवाले साकेलावासी नागरिक, विद्यार्थी, र बाहिरबाट घुम्न आउने पाहुनाहरूलाई अनलाइन कक्षा, ई–लाइब्रेरी, अनुसन्धान तथा डिजिटल पर्यटन प्रवर्द्धनमा लाभ पुग्ने अपेक्षा गरिएको छ ।
वडा नम्बर २ (रतन्छास्थित साकेलाथान पार्क र तावा भन्ज्याङ) क्षेत्रमा पनि फ्री–वाईफाई जडान गर्ने तयारी भइरहेको छ ।
प्रविधिमैत्री सेवामा गरिएको यो लगानीले भविष्यमा स्मार्ट सीसीटीभी, डिजिटल सूचना बोर्ड लगायतका प्रणाली कार्यान्वयन गर्न सहज हुने गाउँपालिकाको विश्वास छ ।
Facebook Comments