दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई नाष्टले सम्मान गर्दै

भुवनेश्वर प्रविधि पुरस्कार-२०८२

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १८ गते १४:०३
Image of https://mayorsap.com/storage/photos/shares/diktel-rupakot-majhuwagdhi.jpg

खोटाङ । नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठान (नाष्ट) ले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ बाट सम्मान गर्ने घोषणा गरेको छ ।

नाष्टका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मङ्सिर १२ गते बसेको ४९औँ प्राज्ञसभाले नगरपालिकालाई उत्कृष्ट स्थानीय तहको रूपमा छनोट गरेको हो ।

नगरपालिकाले वन, वातावरण, पर्यावरण, जैविक विविधता, प्रकृति–संस्कृति संरक्षण तथा दिगो विकास जस्ता विषयहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै यो पुरस्कार प्रदान गर्न लागिएको हो ।

नगर प्रमुख तीर्थराज भट्टराईले नाष्टले गरेको कामको मूल्याङ्कनप्रति खुसी व्यक्त गर्दै सम्मान ग्रहणका लागि आगामी मङ्सिर २० गते काठमाडौं बोलाइएको जानकारी दिए ।


Facebook Comments