काठमान्डुले पोखरा एभेन्जर्सलाई दियाे १६६ रनको लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १४:०३
काठमाडौं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनायो । ओपनर बेन चाल्र्सवर्थले एक छेउबाट इनिङ्स सम्हाल्दै ५५ बलमा ६४ रन बनाए ।
आक्रामक ब्याटिङ गरेका भीम शार्कीले मात्र १९ बलमा अर्धशतक प्रहार गरे । यस सिजनमा यो सबैभन्दा छिटो अर्धशतक हो । उनले २३ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए ।
पोखराका लागि धनन्जय लक्षनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। कप्तान कुशल भुर्तेलले २ विकेट लिए ।
७९ रनमै ५ विकेट गुमाएको अवस्थामा चाल्र्सवर्थ र भीम शार्कीले छैटौं विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै काठमान्डुलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएका थिए ।
Facebook Comments