प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
निर्वाचनबारे छलफल
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १४:१२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा वातावरण निर्माणबारे छलफल गर्नका लागि सर्वपक्षीय बैठक आह्वान गरेकी छिन् ।
बैठक भोलि शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा राजनीतिक दलहरू, जेनजी प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, र निर्वाचन आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरिएको छ ।
सरकारले आगामी फागुन २१ गते का लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिसकेको छ ।
प्रधानमन्त्री कार्की निर्वाचनका लागि सहज र उपयुक्त वातावरण तयार गर्न सक्रिय रूपमा लागेकी हुन् ।
Facebook Comments