मलामी गएका युवक महाकाली नदीमा बेपत्ता
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १४:५६
महेन्द्रनगर । महाकाली नदीमा आज दिउँसो सनि दमाई नाम गरेका एक युवक बेपत्ता भएका छन् ।
भीमदत्त नगरपालिका–३, तिलकपुरका २८ वर्षीय दमाई महाकाली घाटमा मलामी गएका बेला चिता बनाउने क्रममा चिप्लेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
अहिले बेपत्ता दमाईको खोजी कार्यका लागि नेपाल प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
त्यसैगरी, ९ दिनअघि महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका भीमदत्त–१२ ओदालीका २१ वर्षीय रोशन दमाईंको शव आज भेटिएको छ ।
दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा २०० मिटर दक्षिण नदी किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।
आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले दमाईंको शव आफन्तलाई जिम्मा लगाएको छ ।
Facebook Comments