एनपीएल: पोखरालाई पराजित गर्दै काठमाण्डु प्लेअफमा
शाहवले लिए ह्याट्रिकसहित ६ विकेट
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १५:४८
काठमाडौं । काठमाण्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफमा प्रवेश गरेको छ ।
बिहीबार भएको रोमाञ्चक खेलमा काठमाण्डुले पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
७ खेलबाट ५ जित हासिल गरेको काठमाण्डुले सुदूरपश्चिम रोयल्ससँगै प्लेअफमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । यो चौथो हारसँगै पोखराको प्लेअफ यात्रा भने कठिन बनेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले १६५ रन बनायो । ओपनर वेन चाल्र्सवर्थले ६४ रन बनाए भने भीम शार्कीले २३ बलमा ५५ रन को आक्रामक अर्धशतक बनाएका थिए ।
१६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा समेटियो । काठमाण्डुको जितमा बलर शाहव आलमले ह्याट्रिकसहित सर्वाधिक ६ विकेट लिए ।
उनले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएर पोखरालाई रोकका थिए । कप्तान करण केसी र सन्नी पटेलले दुई–दुई विकेट लिए । पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
Facebook Comments