अरूको फेसबुक–इन्स्टाग्राममा 'लाइक' गरे पनि ‘डिभोर्स’ हुने!

अनलाइन सक्रियतालाई कानुनी मान्यता

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १८ गते १५:५५
Image of https://mayorsap.com/storage/photos/shares/duvoece.png

काठमाडौं । टर्कीको कायसेरी शहरस्थित एक अदालतले सामाजिक सञ्जालमा गरिने ‘लाइक’ वा प्रतिक्रियालाई वैवाहिक विश्वासघातमाथि आघात पुर्याउने कार्य मान्न सकिने निर्णय सुनाएको छ ।

अदालतको यस फैसलापछि अब विवाह विच्छेदका मुद्दामा सामाजिक सञ्जालको व्यवहार नै प्रमुख कानुनी प्रमाण बन्न सक्ने भएको छ ।

एक दम्पतीबीचको मुद्दामा अदालतले फेसबुक–इन्स्टाग्राममा अरू व्यक्तिको सामग्री लाइक गर्नु वैवाहिक निष्ठाको आधार कमजोर गर्ने निष्कर्ष निकालेको हो । कायसेरी अदालतको यो निर्णयलाई टर्कीमा पहिलो नैतिक–डिजिटल निर्णय मानिएको छ ।

कानुनी विशेषज्ञहरूका अनुसार यसले हजारौँ वैवाहिक विवादका मुद्दामा डिजिटल क्रियाकलापलाई छानबिनको दायरामा ल्याउनेछ र अदालतहरूले अब डिजिटल क्रियाकलापलाई ’व्यक्तिगत–निजी व्यवहार’ मात्र मान्ने छैनन् ।

टर्कीमा अनलाइन सम्बन्ध र अत्यधिक सामाजिक सञ्जाल सक्रियता विवाह टुट्ने प्रमुख कारण बनेका बेला यो फैसलाले डिजिटल व्यवहारलाई कानुनी रूपमा औपचारिक मान्यता दिएको छ ।


Facebook Comments