फागुनमै निर्वाचन गराई युवापुस्तालाई सत्ता सुम्पन्छौँ : प्रधानमन्त्री कार्की
सरकार निर्वाचन गर्ने लक्ष्यमा
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १६:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मिति फागुन २१ गते मै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएकी छिन् ।
२२औँ ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले निर्वाचनमार्फत युवापुस्ताको हातमा सत्ता हस्तान्तरण गर्दै देशलाई द्रूत विकासको बाटोमा लैजान सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
‘सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई तीव्र विकासको मार्गमा लैजानु नै हाम्रो दायित्व हो,’ उनले भनिन् ।
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै जनआन्दोलनका चाहना पूरा गर्न सबै पक्ष एकजुट हुनुपर्ने आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले सांस्कृतिक परम्पराको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिँदै स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।
Facebook Comments