सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले बलिङ गर्दै चितवन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १८ गते १६:२६
Image of https://mayorsap.com/storage/photos/shares/sudur-chitwan.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजन अन्तर्गत अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बीचको खेल सुरु भएको छ ।

चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेपछि यसअघि नै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ ।

आजको खेल जितेमा सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा पुग्नेछ । चितवन राइनोजले जितेको खण्डमा उसको प्लेअफमा पुग्ने सम्भावना जीवित रहनेछ ।

दुवै टोलीले अघिल्लो खेलका केही खेलाडी परिवर्तन गरेका छन् ।


Facebook Comments