यमरी पुन्ही पर्व मात्र नभई संस्कार पनि हो : उप–प्रमुख डंगोल
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १८:१६
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यमरी पुन्हीलाई एउटा पर्वको रूपमा मात्र नभई ’संस्कार’ का रूपमा मनाउनुपर्नेमा जोड दिएकी छिन् ।
२२औँ राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेकी हुन् ।
‘आजको ज्यापु दिवसले ज्यापुहरूको मेहनत, माटो र पहिचान दर्साइरहेको छ’, उनले भनिन्, ‘त्यसकारण पनि आजको दिन महत्त्वपूर्ण छ । यो हामीले पर्व मात्र होइन, संस्कारको रूपमा लिनुपर्दछ ।’
उपप्रमुख डंगोलले यमरी पुन्हीलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभई अस्तित्वको रूपमा लिनुपर्ने बताइन् । साथै, उनले नेपालीको नाम विश्वव्यापी रूपमा गर्व गर्न लायक बनाउनुपर्नेमा समेत जोड दिइन् ।
Facebook Comments