सुदूरपश्चिमले चितवनलाई दियाे १७० रनको लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १८:१६
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत चितवन राइनोजविरुद्धको महत्त्वपूर्ण खेलमा सुदूरपश्चिम रोयल्सले १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनायो ।
सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रनको आक्रामक इनिङ्स खेले । उनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरेर रिटायर्ड हर्ट भए ।
अन्त्यतिर कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख दुवैले २४–२४ रनमा अविजित रहँदै टोलीलाई बलियो योगफलसम्म पुर्याए ।
चितवनका लागि सैफ जैइवले २, रञ्जित कुमार र जर्ज स्क्रिम्शले एक–एक विकेट लिए ।
सुदूरपश्चिमले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ, तर प्लेअफको सम्भावना कायम राख्न चितवन राइनोजलाई यो खेल जित्नैपर्ने दबाब छ ।
Facebook Comments