स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत
सरकारी लगानी बालुवामा पानी
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते १२:३८
बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्च गरेर बनाइएका भवन प्रयोगविहीन छन् ।
पालिकाले चार वर्ष पहिले क्याम्पस स्थापना गर्न ती भवन निर्माण गरेको हो । भवन प्रयोग नहुँदा जीर्ण भएका छन् । साथै दुवै भवन गोठमा परिणत भएका छन् ।
गाउँपालिकाले विद्यालय, वडा कार्यालय वा स्वास्थ्य चौकी सञ्चालन गर्न खोज्दा स्थानीयको विवादले भवन प्रयोगविहीन भएका गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले दुखेसो गरे ।
भवनले चर्चेका जग्गा शम्भुसुनन्दा माध्यमिक विद्यालयका नाममा छ । ती भवनमा स्थानीयले विद्यालय सार्न पनि मानेका छैनन् ।
गाउँपालिकाको तल्लो जुकोट र माथिल्लो जुकोटको विवादले भवन प्रयोगविहीन भएको हो । यद्यपि अध्यक्ष रोकायाले भवन सञ्चालनका निम्ति सम्बद्ध सबैसँग छलफल भइरहेको जानकारी दिए ।
Facebook Comments