अवैध बालुवा उत्खनन गर्दै गरेको जेसीबी प्रहरी नियन्त्रणमा
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते १२:३७
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले अवैध रूपमा बालुवा उत्खननमा प्रयोग गरिएको एक थान जेसीबी (जेसीबी) नियन्त्रणमा लिएको छ ।
सल्यानको कालीमाटी गाउँपालिका–५, जूमखोलाबाट बिहीबार बेलुकी रा १ क ९३७ नम्बरको जेसीबी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताए ।
प्रहरी प्रमुख केसीका अनुसार, खोलाबाट जेसीबी प्रयोग गरेर बालुवा उत्खनन गर्न नपाइने भएकाले त्यसलाई नियन्त्रणमा लिई अस्थायी प्रहरी पोष्ट बालुवामा राखिएको छ ।
यसअघि पनि प्रहरीले सल्यानका विभिन्न स्थानबाट दुईवटा जेसीबी नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।
Facebook Comments