सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते ०९:५५
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरी प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा नेपाल सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन् ।
बैठकमा मुख्यतया निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा उपस्थित छन् ।
प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई सफल बनाउन सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । निर्वाचनका लागि आयोगले आवश्यक कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
Facebook Comments