भारत पुगेर पुटिनले भने–विश्व सुरक्षा मुद्दामा रूसको भूमिका मजबुत छ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते ०३:१३
Image of https://mayorsap.com/storage/photos/shares/1742315252-1.png

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमणका क्रममा युक्रेनमा भइरहेको सैन्य कारबाही युद्धको अन्त्य र रूसको सुरक्षाका लागि आवश्यक कदम भएको बताएका छन्। उनका अनुसार पश्चिमी राष्ट्रहरूको विरोध र हस्तक्षेपकै कारण द्वन्द्व झनै चर्किएको छ ।

पुटिनले भने,“लडाइँ जारी रहनुको प्रमुख कारण किएभको कठोर अडान हो, र हाम्रो लक्ष्य रूसका राष्ट्रिय हित तथा जनताको सुरक्षित भविष्य सुनिश्चित गर्नु हो ।”

मध्यपूर्वतर्फ सङ्केत गर्दै उनले प्यालेस्टिनी मुद्दा समाधानका लागि संयुक्त राष्ट्रसङ्घभित्र रूसको प्रतिबद्धता दोहोर्याए। गाजा सङ्कट समाधानका लागि स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना अपरिहार्य रहेको बताउँदै, गाजा प्रशासन सम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावलाई रूस समर्थन गर्न तयार रहेको समेत उल्लेख गरे।


Facebook Comments