सिंहदरबारको क्षतिग्रस्त संरचना देखेर पूर्वराष्ट्रपति भण्डारी दुःखी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २१ गते ०१:५४
Image of https://mayorsap.com/storage/photos/shares/harirambhetuwal-ktm-rss-21-expridentbhandari-1000275878.jpg

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनःनिर्माण हुने विश्वास व्यक्त गरेकी छन् ।

गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गरेकी हुन् । 

पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना पनि गरे । उनले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी हुन् ।

भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अलोकन गराएका थिए । कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेकी थिइन् ।


Facebook Comments