सभापोखरी गाउँपालिकामा ५ शय्याको अस्पताल उद्घाटन
अब गुणस्तरीय स्वास्थ्य सेवा
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते ०६:३५
काठमाडाैं । संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ शय्याको आधारभूत अस्पताल उद्घाटन गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्य तथा गाउँपालिका अध्यक्ष भीम सिङ्था लिम्बुको अध्यक्षतामा एक कार्यक्रमबीच अस्पतालको उद्घाटन गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत बुकु प्रसाद आचार्यका अनुसार, अस्पताल भवन रु ६ करोड ९७ लाख ८ हजार १४३ रुपैयाँ ६३ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो ।
अस्पतालबाट चिकित्सकसहितको टोलीले स्वास्थ्य सेवा प्रदान गर्नेछन् । हाल पोस्टमार्टम, ल्याब र फार्मेसी लगायतका सेवाहरू सुरु भएका छन् ।
निकट भविष्यमा एक्स–रे र भिडियो एक्स–रे लगायतका थप सेवाहरू प्रदान गरिने गाउँपालिका अध्यक्ष लिम्बुले जानकारी दिए ।
अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा यसअघि सञ्चालनमा रहेका ७ वटा स्वास्थ्य सेवा केन्द्रका साथमा अब थप गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ ।
Facebook Comments