प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे सुदन गुरुङ, के भयो कुराकानी ?
मेयरसाप डेस्क
|
२०८२ मंसिर २३ गते ०२:३६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जेनजी अगुवा सुदन गुरुङ सिंहदरबार पुगेका छन् । सुदन मंगलबार अपराह्न प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका हुन् ।
उनले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा गुरुङले जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने विषय उठाएका थिए ।
यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
Facebook Comments