सरकारी साक्षीले बकपत्र फेरेपछि घुस दिने व्यक्तिविरुद्ध नै मुद्दा दायर
१ लाख रुपैयाँ बिगो मागदाबी
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते ०२:१९
काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साह तेलीविरुद्ध दायर भएको घुस-रिसवत मुद्दामा सरकारी साक्षीको रूपमा प्रस्तुत भएकी एक महिलाविरुद्ध नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।
अख्तियारले नगर प्रमुख साहले पक्की नाला निर्माणको भुक्तानी प्रयोजनका लागि १ लाख घुस लिएको मुद्दामा अनुसन्धान गरेको थियो ।
नगर प्रमुखलाई घुस दिएको पुष्टि भएपछि सरकारी साक्षीको रूपमा विशेष अदालतमा पेस गरिएकी कल्याणपुर–६ की जसोधा कुमारीले मिति २०८२-०७-०५ मा बकपत्र गर्दा आयोगसमक्ष गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेकी थिइन् ।
बकपत्र फेरे पनि जसोधा कुमारीले नगर प्रमुख साह तेलीलाई निर्माण सम्पन्नपश्चात् भुक्तानीका लागि १ लाख घुस÷रिसवत दिएको कार्य पुष्टि भएको अख्तियारको ठहर छ ।
अख्तियारले घुस दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (३) बमोजिमको कसुर भएको भन्दै १ लाख बिगो कायम गरी प्रतिवादी जसोधा कुमारीलाई कैद र बिगो बमोजिम जरिवाना सजाय मागदाबीसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
Facebook Comments