पाँचखपनमा ६० मुरी धान फलाउँदा ३० हजार पुरस्कार

बढी धान उत्पादन गर्ने थापा पुरस्कृत

User Image मेयरसाप डेस्क | २०८२ पुष ३ गते १८:०४
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design_8.jpg

संखुवासभा । पाँचखपन नगरपालिका–६ का कृषक भीम कुमार थापालाई कृषि क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै बिहीबार नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

यस वर्ष ६० मुरीभन्दा बढी धान उत्पादन गरेर पाँचखपन नगरपालिकाभित्रै सबैभन्दा बढी धान फलाउने कृषक बनेकाले थापालाई पुरस्कृत गरिएको हो । वडा कार्यालयले कृषक थापालाई हौसला प्रदान गर्न नगद ३० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरेको छ ।

आधुनिक प्रविधि, उन्नत बीउ, समयमै मलखादको प्रयोग र नियमित सिँचाइ व्यवस्थापनका कारण उच्च उत्पादन सम्भव भएको कृषक थापाको अनुभव छ ।

वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार कृषकको मिहिनेतलाई सम्मान गर्न र अन्यलाई पनि व्यावसायिक खेतीतर्फ आकर्षित गर्न उत्पादनमा आधारित पुरस्कार प्रदान गरिएको हो ।

पाँचखपन–६ ले आगामी दिनमा पनि उत्कृष्ट कृषकहरूलाई तालिम, बीउ र प्रविधि सहयोगसहित सम्मानका कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको छ ।


Facebook Comments