रोजगारीका लागि भारत गएका लोकेन्द्रकाे रेलले किचेर मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ पुष ४ गते १५:३९
बाजुरा । रोजगारीका लागि भारत गएका बाजुराका एक युवकको रेल दुर्घटनामा परी मृत्यु भएको छ ।
बाजुराको गौमुल गाउँपालिका–४ डाँडाबाडाका २७ वर्षीय लोकेन्द्र विकको रेलले किचेर मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार, गएराति रेलमार्ग पार गर्ने क्रममा अचानक रेलको ठक्करबाट विकको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक लोकेन्द्रको शव नेपाल ल्याउने पहल र घटनाको थप विस्तृत विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments