कैलालीमा लागुऔषधसहित देवर-भाउजू पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ पुष ९ गते १०:३२
Image of https://mayorsap.com/storage/photos/shares/pakrau_5.jpg

धनगढी । कैलालीको धनगढी र टीकापुरबाट प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिका–१० मा आफ्नै घरबाट लागुऔषध बिक्री गरिरहेको अवस्थामा २० वर्षीया द्रोपती राना र उनका १७ वर्षीय देवर महेश राना पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ ग्राम २८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

यस्तै, टीकापुर नगरपालिका–९ खक्रोला चेकपोष्टबाट बर्दियाका २१ वर्षीय राजेश थारु र २३ वर्षीय ईन्द्रबहादुर थारु २ ग्राम ९०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । 

सोही ठाउँबाट लम्कीचुहाका २६ वर्षीय सुनिल मल्ल पनि पक्राउ परेका छन् । उनले मोटरसाइकलको सिटभित्र लुकाएर ल्याएको २ ग्राम ९८० मिलिग्राम खैरो हेरोइन प्रहरीले फेला पारेको हो ।

पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ


Facebook Comments