आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

User Image मेयरसाप डेस्क | २०८२ पुष ११ गते १२:१८
Image of https://mayorsap.com/storage/photos/shares/sherbahadurdeuba-20220121122941.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताए ।

साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिनुभएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले बताए ।


Facebook Comments